Close Menu
    What's Hot

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १५:०८ गते0
    विशेष

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:२५ गते0
    खेलकुद

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:०६ गते0
    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » लुम्बिनी कोषका कर्मचारी आन्दोलनमा, पदाधिकारी काठमाडौंमा
    मेन स्टोरी

    लुम्बिनी कोषका कर्मचारी आन्दोलनमा, पदाधिकारी काठमाडौंमा

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ श्रावण २१, बुधबार १४:२३ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २१ साउन। लुम्बिनी विकास कोषका कर्मचारीहरु आन्दोलनमा उत्रिदाँ कोषका कामहरु ठप्प भएका छन्। कोष कर्मचारी युनियनले ४ बुँदे मागका साथ तालाबन्दी गरेर कोष कार्यालयको मुख्य गेटमा धर्नामा बसेका छन्।

    कर्मचारीहरुले माग सम्बोधनका लागि साउन ५ गते ज्ञापन पत्र बुझाएर विरोधका कार्यक्रमहरु सार्वजनिक गरेका थिए । साउन ८ र ९ गते हातमा कालोपट्टि बाँधेर काम गरेपछि पनि माग पूरा नहुँदा साउन १२ देखि कामकाज ठप्प पारी कार्यालयमा तालाबन्दी गरेर धर्नामा बसेका हुन्।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    कर्मचारी युनियनले सञ्चित बिदा, कोष भत्ता र महँगी भत्ता पाउनुपर्ने, कर्मचारी विनियमावली–०७९ संशोधन गरेर उमेर हद लागू नहुने गरी सीमित प्रतियोगितात्मक परीक्षाबाट हाल करारमा रहेका सबै कर्मचारीलाई पदपूर्ति गर्नुपर्ने माग राखेका छन्।

    यसका साथै दरबन्दी चाँडै स्वीकृत गराई सबै कर्मचारीलाई स्थायी गरिनुपर्ने र विनियमावली ०७९ अनुसार स्थायी कर्मचारीलाई पद बढुवा गर्नुपर्ने समेत उनीहरुको माग छ।

    युनियनका अब्दुल ओफा मुसलमानले दुई हप्ता बढी देखि कर्मचारी आन्दोलनमा रहेपनि वार्ताका लागि पदाधिकारीहरु नआएको बताए। उनले कर्मचारीहरुको माग सम्बोधन नगरिए अगामी दिनमा संग्राहालय, मुख्यप्रवेशद्धार र टिकट काउन्टरमा तालाबन्दी गरी थप सशक्त आन्दोलनमा उत्रिने बताए ।

    ‘हामी शान्तिपूर्ण आन्दोलन गरिरहेका छौं’,उनले क्लिक लुम्बिनीसँग भने, ‘तर, पदाधिकारीहरु वार्ताका लागि चासो देखाएका छैनन् । अझै पनि वेवास्ता भए थप सशक्त रुपमा हामी अघि बढ्छौं।’

    लुम्बिनीमा आन्दोलन जारी रहेपनि कोषका पदाधिकारीहरु भने काठमाडौंमा छन्। वैशाख २९ गते बुद्ध जयन्ती मनाएर काठमाडौं गएका कोषका उपाध्यक्ष ल्हारक्याल लामा उतै छन्।

    कोषाध्यक्ष ढुण्डिराज भट्टराई पनि वैशाख ३० गतेदेखि उपचारका लागि काठमाडौंमै छन्। कोषका सदस्य सचिवले साउन ५ गते राजीनामा दिइसकेका छन्। अन्य उच्च तहका कर्मचारी पनि लुम्बिनीमा छैनन्।

    लुम्बिनी विकास कोषका सूचना अधिकारी डा.हरिध्वज राईले कर्मचारीहरुको माग कोषले भन्दा मन्त्रालयले सम्बोधन गर्नसक्ने बताए। उनका अनुसार मन्त्रालयबाट सहसचिवको नेतृत्वमा कर्मचारीका मागका विषयमा छलफल गर्न जाने तयारी भइरहेको छ।

    लुम्बिनीको मायादेवी मन्दिर लगायतमा पूजाको कार्यक्रम भने चलिरहेको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    कर्मचारी आन्दोलन लुम्बिनी लुम्बिनी विकास कोष लुम्बिनी विकास कोष कर्मचारी आन्दोलन
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.