
काठमाडौं,२२ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचनमा आवेदन दिएका इच्छुक उम्मेदवारहरुको नामवली सार्वजनिक गरेको छ।
रास्वपाले उपनिर्वाचनका लागि सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएको जनाएको छ। उम्मेदवार हुन इच्छुकका लागि रास्वपाले २५ हजार शुल्क तोकेको थियो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

रास्वपा सहामहामन्त्री विपिन आचार्यका अनुसार उम्मेदवारी उपर दाबी विरोधका लागि साउन २३ र २४ का लागि छुट्याइएको छ भने साउन २५ गते उम्मेदवारका लागि आवेदन दिनेहरुसँग छलफल राखिएको छ।
साउन २६ मा प्रारम्भिक उम्मेदवार नामावली प्रकाशन, साउन २७ देखि भदौ ११ सम्म लिडरसीप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटि र समावेशिताको मापन गरिने उनले बताए।
रास्वपाले रुपन्देही–३ को उम्मेदवारका लागि प्रारम्भिक निर्वाचनबाट उम्मेदवार छनोट गर्ने विधि बनाएको छ। त्यसका लागि भदौ १२ र १३ का लागि समय छुट्याइएको आचार्यले बताए। उम्मेदवार अन्तिम चयन १५ भदौमा गर्ने उनको भनाइ छ।
हेर्नुहोस् सूचीः


