Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    २०८३ कार्तिक ३, सोमबार १९:३९ गते

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    अर्थ

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३८ गते0
    विशेष

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १८:३१ गते0
    फोकस लुम्बिनी

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १७:५२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रवि लामिछानेलाई जेलमा भीआइपी सुविधा : एसीमा बस्छन्, साँझ बाहिर डुल्छन्
    समाचार

    रवि लामिछानेलाई जेलमा भीआइपी सुविधा : एसीमा बस्छन्, साँझ बाहिर डुल्छन्

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ श्रावण २३, शुक्रबार १८:३६ गते
    भैरहवा कारागारमा रवि लामिछाने । फाइल तस्विर ।
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २३ साउन । सहकारी ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला कारागार कार्यालय भैरहवामा भीआइपी सुविधा प्रदान गरेको पाइएको छ ।

    अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि कारागार प्रशासनले लामिछानेको सुविधाको लागि एटज ट्वाइलेट, बाथरुम भएको कोठा उपलब्ध गराएको छ । जसलाई प्रशासनले ‘४ नम्बर ब्लक’ को नाम दिएको छ । उनी आउनु अघि कारागारमा ‘४ नम्बर ब्लक’ थिएन ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    त्यस्तै मन लागेको बेला कोठाबाहिर निस्किएर ‘ग्राउण्ड’ मा घुम्ने व्यवस्था समेत कारागार प्रशासनले मिलाएको छ । ‘उहाँ (लामिछाने) कोठा बाहिर निस्किएको बेला बाहिरबाट कसैले नदेखोस् भनेरै उहाँ आएपछि डण्डीले बनाइएको कारागारको मुख्य गेटमा फलामको प्लेटले लगाएर ढाकिएको हो’,विश्वस्त स्रोतले भन्यो,‘उहाँलाई कारागारमा ‘भीआइपी ट्रिटमेन्ट’ गरिएको छ । जुन अन्य कुनै कैदीबन्दीलाई उहाँ जस्तो सुविधा छैन ।’

    स्रोत थप्छ–‘गर्मी नहोस् भनेर उहाँको कोठामा एसी र कुलर दुवै व्यवस्था गरिएको छ । कोठामा ल्याण्डलाइन टेलिफोनको सुविधा छ । किताब, कुर्सी, टेबल, बेड लगायत आवश्यक सबै छ । कोठामा एसी लगाइएपछि चिसो रोक्नका लागि उहाँ (लामिछाने) आफैले झ्याल/भेन्टिलेटरमा प्लाईउड लगाइदिन भनेपछि लगाइएको हो ।’

    अन्य कैदीबन्दीलाई जस्तो कारागार प्रशासनले लामिछानेलाई राखिएको कोठामा ताल्चा लगाउँदैन । ‘उहाँलाई मन लागेको बेला कोठाबाट भित्र–बाहिर गर्नुहुन्छ । प्रायः साझ ‘इभ्निङ वाल्क’ गर्नुहुन्छ’, स्रोतले भन्यो, प्राय माथी गञ्जी/टिर्सट र तल हाफ पाइन्ट लगाएर बस्नु हुन्छ । गर्मी भयो भने एसी चलाउनुहुन्छ बढी चिसो भयो भने कुलरको प्रयोग गर्नुहुन्छ । समय-समयमा किताब पढिराख्नुहुन्छ ।’

    सुविधा पाएपनि २४ घण्टा कारागारमा बस्नुपर्दा दिक्क मानेको हुन सक्ने भन्दै लामिछानेलाई कारागारमा भीआइपी सुविधा प्रदान गरिएको कारागार सम्वद्ध अर्को स्रोत बताउँछ ।

    लामिछानेले कारागारमा पिउने पानी लगायत आवश्यक खाद्य बस्तु बाहिरबाट मगाएर खान्छन् भने बिहान भात र राति रोटीसँग अन्य परिकार खाने गरेका छन् । उनले आफुसँग भेटघाट गर्न आएका व्यक्तिमध्ये कारागार प्रशासनलाई भनेर कोहीसँग विशेष कक्षमा भेटघाट गर्छन भने कोहीसँग कोठाभित्रबाटै भेटघाट गर्ने गरेको बुझिएको छ ।

    ‘उहाँले को सँग कहाँ भेटघाट गर्ने विषय उहाँको इच्छामा भर पर्छ’,स्रोतले भन्यो,‘उहाँले भने अनुसार हामी व्यवस्था गरिदिने गरेका छौं ।’

    जिल्ला कारागार कार्यालय भैरहवाका कारागार प्रशासक सुरेश भण्डारीले आफु व्यस्त रहेकोले कुरा गर्न नमिल्ने प्रतिक्रिया दिए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    कारागार जिल्ला कारागार कार्यालय भैरहवा कारागार रवि लामिछाने सहकारी ठगी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    २०८३ कार्तिक ३, सोमबार १९:३९ गते

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.