
वीरगन्ज,२३ साउन। पर्सा प्रहरीले नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्रा पर्नेमा पर्साको ठोरी गाउँपालिका-२ सुन्दरबस्तीका ४६ वर्षीय अशोक साह रहेको प्रहरीले जनाएको छ।
प्रहरी अनुसार पक्राउ परेका साहले बुधबार बिहान बाख्रा चराउन गएका बेला ११ वर्षीया नाबालिकालाई साहले १० रुपैयाँको नोट दिएर फकाएर नजिकैको जंगलमा लगेर बलात्कार गरेको आरोप छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी एवं प्रवक्ता किशोर लम्सालले बलात्कारको उजुरीको आधारमा साहलाई पक्राउ गरिएको बताए। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

