


भैरहवा, २३ साउन। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिद्धार्थनगर रुपन्देहीले कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्ने भएको छ ।
अनेरास्ववियुले भैरहवाका विद्यालय र भैरहवामामा स्थायी बसोबास गर्ने उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्ने जनाएको छ।

कक्षा १२ मा ३.२ र सो भन्दा माथि जीपीए ल्याउने करिब १ हजार विद्यार्थीहरुलाई सम्मान गरिने अनेरास्ववियु सिद्धार्थनगरका अध्यक्ष के.एल. पाण्डेले दिए। ‘अघिल्ला वर्षहरुमा पनि यो कार्यक्रम गरेका थियौं, यस वर्ष पनि निरन्तरता दिदैछौं,’ उनले भने।
अगामी साउन ३१ गते दिउँसो सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम तय भएको प्रचार विभाग प्रमुख प्रतीक नेपालले बताए।

