
काठमाडौं,२४साउन। आज राति देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी र तराई दुवै क्षेत्रमा, साथै लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही ठाउँहरुमा र बाँकी प्रदेशका पहाडी र तराईका थोरै ठाउँहरुमा मध्यम वर्षा हुने सम्भावना छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

आइतबार पनि देशभर मौसम बदली रहनेछ। कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा र मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी र तराई दुवै क्षेत्रका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

