
काठमाडौं,२४ साउन। प्रहरीले कम्प्यूटर स्रोत संकेत (सोर्स कोड) चोरीको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सर्लाहीको चन्द्रनगर गाउँपालिका-५ का २६ वर्षीय सुजन कुमार महतो र धादिङको ज्वालामूखी गाउँपालिका-४ का २४ वर्षीय सुमन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई साइबर ब्यूरोको टोलीले काठमाडौं र ललितपुरबाट पक्राउ गरेको हो।
Advertisement

Advertisement
Advertisement

प्रहरीका अनुसार पक्राउ परेकाहरुको विरुद्ध विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप लिएर घटनाको अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

