


तनहँ, २४ साउन। तनहुँको व्यास नगरपालिका–७ दुलेँपानीस्थित मादी नदीमा पौडीमा खेल्न गएका एक व्यक्ति बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा व्यास नगरपालिका–१ अम्रेनी का ४० वर्षीय हरि परियार रहेका प्रहरीले जनाएको छ। उनी नेपाल दूरसञ्चार प्राधिकरण दमौलीमा कार्यरत थिए।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार बेपत्ता व्यक्तिको खोजीकार्य भइरहेको छ। पिकनिक गएका मध्य तीन जना नदीमा पौडी खेल्ने क्रममा परियार बेपत्ता भएका थिए।
कमेन्ट गर्नुस्

