


सुनसरी, २४ साउन। सुनसरीको इटहरी उपमहानगरपालिकामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
पालिकाको इटहरी–धरान सडकखण्डस्थित पानीपिया जङ्गलमा इटहरीबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को २२ प २१२५ नम्बरको स्कुटर एकआपसमा ठोक्किदा सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक झापाको विर्तामोड नगरपालिका–५ का सुजन विक र पछाडि सवार सुरज विकको धरानस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए।
उदयपुरको बेलका नगरपालिका–३ का बस चालक प्रेम मगरलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

