


पाल्पा,२४साउन । पाल्पा प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लमजुङ मर्स्याङ्दी गाउँपालिका-५ का २८ वर्षीय धनरासी विक रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको टोलीले युवकलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

