
भैरहवा,२६साउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले सशस्त्र प्रहरी जवानलाई घुससहित नियन्त्रणमा लिएको छ।
रुपन्देहीको कोटहीमाई गाउँपालिका-५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगावामा कार्यरत सशस्त्र प्रहरी जवान याम बहादुर खत्रीलाई १५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनका अनुसार सीमा पारी भारतबाट भन्सार छली अवैध रूपमा कपडा तथा किराना सामान ल्याउने कार्यमा सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस मागेका थिए। जवानलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

