


रोल्पा,२९ साउन। प्रहरीले ६२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा, थवाङ गाउँपालिका-२ दहवाङ का ५२ वर्षीय धुते रोका रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार महिलालाई जबरजस्ती करणी गरेकोको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय थवाङबाट खटिएको प्रहरीले रोकालाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

