
सप्तरी,३०साउन । सप्तरी प्रहरीले स्रोत नखुलेको २० लाख ७८ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा धनकुटा सहिदभूमी गाउँपालिका-३ का २१ वर्षीय जिवन लम्जेल र सोही गाउँपालिका-१ का २८ वर्षीय आएन राई रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई सप्तकोशी नगरपालिका-४ तुलसी चोकबाट पक्राउ गरिएको हो ।
Advertisement

Advertisement
Advertisement

प्रहरी चौकी फत्तेपुरबाट खटिएको टोलीले कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को ३३ प १८९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्ने क्रममा रकमसहित पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ।

