


भैरहवा, १ भदौ । रुपन्देही प्रहरीले हराएको/चोरी भएको मोबाइल फोन फेला पारेर सम्बन्धित धनीहरुलाई बुझाएको छ ।
विभिन्न मिति र समयमा हराएको/चोरी भएको मोबाइल खोजतलास गर्ने क्रममा साउन महिनामा फेला परेको १९ वटा मोबाइल सम्बन्धित धनीहरुलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

धनीहरुले मोबाइल हराएपछि प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए।
कमेन्ट गर्नुस्

