Close Menu
    What's Hot

    चाडपर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न सिद्धार्थनगरको आग्रह

    २०८३ कार्तिक १७, सोमबार १४:०७ गते

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    २०८३ कार्तिक २०, बिहीबार ११:४१ गते

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    २०८३ कार्तिक १९, बुधबार १६:४२ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    अर्थ

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक २०, बिहीबार ११:४१ गते0
    विशेष

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १६:४२ गते0
    अर्थ

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १२:४७ गते0
    अर्थ

    राष्ट्र बैंकले भोलिदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार ११:४७ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवामा ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक पक्राउ
    समाचार

    भैरहवामा ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक पक्राउ

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ भाद्र २, सोमबार १७:५५ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २ भदौ । रुपन्देही प्रहरीले ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्र लगायतका साम्रगीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, कानपुर स्थित नौवस्तीका २५ वर्षीय अभिषेक यादव रहेको प्रहरीले जनाएको छ

    जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा आइतबार बेलहियास्थित होटल मुक्तिनाथमा प्रवेश गर्न लागेको अवस्थामा यादवलाई नक्कली शैक्षिक प्रमाणपत्र लगायतका साम्रगीसहित पक्राउ गरेको हो ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    नेपाल र भारतका विभिन्न शैक्षिक संस्था तथा विश्वविद्यालयहरुको नक्कली शैक्षिक प्रमाणपत्रहरु, स्ट्याम्प, होलोग्राम, स्टिकर लगायतको सामग्रीसहित यादवलाई सीमावर्ती क्षेत्र बेलहियाबाट पक्राउ गरिएको रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीले बताए ।

    बरामद नक्कली शैक्षिक प्रमाणपत्र लगायतका सामग्री । तस्विर: क्लिक लुम्बिनी।

    प्रहरीका अनुसार पक्राउ परेका यादवको साथबाट नेपालको त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्ट एक सय थान, प्रमाणपत्र ३६ थान, स्ट्याम्प ३ थान, स्ट्याम्प प्याड ५ थान बरामद भएको छ । त्यस्तै त्रिभुवन विश्वविद्यालय (२०१२) लिखित होलोग्राम ४ हजार ४० थान, उच्च माध्यमिक शिक्षा परिषद् (अंग्रेजीमा एचएसईबी) लिखित होलोग्राम २ हजार थान, राष्ट्रिय परिक्षा बोर्ड (अंग्रेजीमा एनईबी) लिखित होलोग्राम १ हजार ६ सय थान, अंग्रेजीमा सिटिईभिटी लिखित होलोग्राम १ हजार ९ सय थान बरामद भएको छ ।

    त्यस्तै भारतको एमिटी विश्वविद्यालय, जवाहारलाल नेहरु टेक्नोलोजिकल विश्वविद्यालय हैदराबाद, छत्रपति शिवाजी महाराज विश्वविद्यालय कानपुर, असम हाईर सेकेण्डरी एजुकेशन काउन्सिल, कुरुक्षेत्र विश्वविद्यालय, आन्ध्र विश्वविद्यालयको विभिन्न प्रकारका १ हजार २ सय बढी प्रमाणपत्रहरु, लेटरप्याड, एडमिट फर्म लगायतका नक्कली कागजात बरामद भएको एसपी क्षेत्रले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

    बरामद नक्कली शैक्षिक प्रमाणपत्र र होलोग्राम लगायतका सामग्री । तस्विर :जिप्रका रुपन्देही ।

    ‘घटनामा को को संग्लन छन् ? नक्कली प्रमाणपत्रहरु क कसले लिएका छन् ? लगायतका विषयमा सोधखोज गरिरहेका छौं’,एसपी क्षेत्रीले भने,‘आरोपीको साथबाट बरामद ल्यापटप, मोबाइल, पेनड्राइभ पनि सुक्ष्म तरिकाले केलाइरहेका छौ ।’

    उनले पक्राउ परेका आरोपीले आफु मासिक तलबमा काम मात्र गर्ने गरेको बताएपनि विश्वास गर्ने आधार नदेखिएकोले घटनाको अनुसन्धानले थप विषय खुल्दै जाने बताए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    अपराध नक्कली प्रमाणपत्र नक्कली शैक्षिक प्रमाणपत्र नेपाल प्रहरी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    २०८३ कार्तिक २०, बिहीबार ११:४१ गते

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    २०८३ कार्तिक १९, बुधबार १६:४२ गते

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    २०८३ कार्तिक १९, बुधबार १२:४७ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.