
भैरहवा, ४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आसन्न भारत भ्रमणका लागि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्न आग्रह गरिएको छ । विमानस्थल संचालनका लागि गठित संर्घष समितिको संयोजक सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले मंगलबार इमेलमार्फत प्रधानमन्त्री ओलीलाई पत्राचार गर्दै यस्तो आग्रह गरेका हुन् । जसका लागि मंगलबार बसेको संर्घष समिति बैठकले पत्राचार गर्नुसहित ६ बुँदे निर्णय गरेको छ ।
‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनको सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यू भारतको भ्रमण अगावै विमानस्थल संचालन संर्घष समितीले सबै सदस्यहरु ज्ञापनपत्र बुझाउनका लागि काठमाडौं जाने निर्णय गरियो’,निर्णयमा भनिएको छ–‘साथै, सम्माननीय प्रधानमन्त्री भारत भ्रमण जाँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रस्थान गर्न र सो आग्रहसहितको पत्र आजै पठाउने निर्णय गरियो ।’
Advertisement

Advertisement
Advertisement

विमानस्थल निर्माण भएपश्चात संचालनमा आएपनि दिगो रुपमा संचालन नहुँदा स्थानीयहरुले प्रमुख खाँको संयोजकत्वमा संर्घष समिति गठन गरेका छन् । विमानस्थल पूर्ण रुपमा संचालनमा नआउँदा रुपन्देहीका साथै लुम्बिनी प्रदेशको सिङ्गो विकास र सम्बृद्धिको ढोका समेत बन्द भएको प्रधानमन्त्रीलाई ओलीलाई पठाइएको पत्रमा उल्लेख छ ।
‘विमानस्थललाई लक्षित गरेर यस क्षेत्रमा रहेका निजी क्षेत्रबाट पर्यटन, उद्योग जस्ता क्षेत्र भएको खर्बौको लगानी समेत डुब्ने अवस्थामा छ भने लगानीकर्ताहरु बैंकको ब्याज समेत तिर्न नसक्ने विकरालमा अवस्थामा छन्’, पत्राचारमा गरिएको पत्रमा भनिएको छ–‘यो विमानस्थल दिगो रुपमा संचालन नआउने हो भने यस क्षेत्रले ठूलो आर्थिक संकलन ब्यहोर्ने छ ।’
विमानस्थल दिगो रुपमा संचालन हुन नसकेको विषयमा सरकारले समेत स्पष्ट धारणा एवं जानकारी नगराएको अवस्थामा जनस्तर एवं राजनीतिक तहबाट समेत आ–आफ्नै किसिमका अनुमान र अड्कलबाजी भइरहेकोले थप अन्यौलता सिर्जना हुँदा जनस्तरबाट आक्रोश बढ्दै गएको पत्रमा उल्लेख छ ।
‘विमानस्थल संचालन हुन नसक्नुको कारणहरु स्पष्ट पार्नका लागि समेत प्रधानमन्त्री ओलीलाई आग्रह गरिएको छ । सम्माननीय प्रधानमन्त्री भारत भ्रमण जाँदा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रस्थान गर्न विशेष आग्रह गर्दछु’, प्रमुख खाँले प्रधानमन्त्री ओलीलाई पत्राचार गर्दै भनेका छन्–‘उक्त भ्रमणमा जाँदा सम्माननीय प्रधानमन्त्री ज्यू विमानस्थल संचालनमा गर्नुपर्ने कुटनीतिक पहल गरी तत्काल दिगो रुपमा संचालन गरिदिनुहुन सविनय अनुरोध गर्दछु ।’
संर्घष समितिको बैठकले विमानस्थल दिगो रुपमा संचालनका लागि स्थानीय पत्रकारहरुसँग पनि राय/सुझाव लिएको छ ।

बैठकले राष्ट्रिय गौरवको आयोजना सरकारले अनिर्वाक्ष् रुपमा संचालन गर्न आग्रह गर्ने, समतिमिा रुपन्देहीका पालिका प्रमुख/अध्यक्षलाई सल्लाहकारमा मनोयन गर्ने, प्रधानमन्त्रीसँग भेटपश्चात बृहद भेला गर्ने र सोही भेलाबाट समिति विस्तार गर्ने, लुम्बिनीमा रहेका गुम्बाहरुसँग सम्बन्धित राष्ट्रका राजदूतहरुसँग बृहद छलफल गरी विमानस्थल संचालनका लागि समन्वय गर्न अनुरोध गर्ने, विमानस्थलको कार्गो समेत संचालनमा जोड दिने निर्णय गरेको छ ।

