
नुवाकोट, ४ भदौ। नुवाकोटमा बाँदरले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । पन्चकन्या गाउँपालिका-२ कविलास कोटथोकमा बाँदरको झुण्डले आक्रमण गर्दा उपचारका लागि अस्पताल लैजाने क्रममा ५८ वर्षीय गोकर्ण नेपालीको मृत्यु भएको पन्चकन्या २ का वडाध्यक्ष रामशरण श्रेष्ठले बताए ।
घरबारी पसेका बाँदर धपाउने क्रममा बाँदरको झुण्डले आक्रमण गर्दा उनी अचेत भएका थिए । जसपश्चात उनलाई उद्दार गरेर उपचारका लागि काठमाडौं लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

वडाअध्यक्ष श्रेष्ठका अनुसार मकै खान लागेको बाँदरलाई धपाउने क्रममा एकसय भन्दा धेरैको संख्यामा रहेका बाँदरको झुण्डले नेपालीमाथि आक्रमण गर्दा उनी बेहोस भएका थिए।

