Close Menu
    What's Hot

    चाडपर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न सिद्धार्थनगरको आग्रह

    २०८३ कार्तिक १७, सोमबार १४:०७ गते

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    २०८३ कार्तिक २०, बिहीबार ११:४१ गते

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    २०८३ कार्तिक १९, बुधबार १६:४२ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    अर्थ

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक २०, बिहीबार ११:४१ गते0
    विशेष

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १६:४२ गते0
    अर्थ

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १२:४७ गते0
    अर्थ

    राष्ट्र बैंकले भोलिदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार ११:४७ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » नेपाल–भारत मैत्री केन्द्रद्वारा लुम्बिनीमा छात्राहरुलाई साइकल वितरण
    समाचार

    नेपाल–भारत मैत्री केन्द्रद्वारा लुम्बिनीमा छात्राहरुलाई साइकल वितरण

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ भाद्र ९, सोमबार १३:०७ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,९ भदौ। नेपाल–भारत मैत्री केन्द्र केन्द्रीय समिति, रुपन्देहीले लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट एसईई उत्तीर्ण १ सय १ छात्रालाई साइकल वितरण गरेको छ। मित्र राष्ट्र भारतको स्वतन्त्रता दिवसको अवसर पारेर लुम्बिनीमा एसईई उत्तीर्ण छात्राहरुलाई साइकल वितरण गरिएको हो ।

    मैत्री केन्द्रका अध्यक्ष सिद्धार्थ अग्रवालले छात्रा विद्यार्थीलाई प्रोत्सहन गर्न साइकल उपलब्ध गराइएको जानकारी दिए। ‘सरकारी विद्यालयमा अध्ययनरत छात्राहरुलाई प्रोत्साहन र उच्च शिक्षा अध्ययनका लागि विद्यालयसम्म पुग्न सहज होस् भने साइकल उपहार दिएका हौं’,अग्रवालले भने ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उनले आगामी दिनमा पनि मैत्री केन्द्रले यस्ता सामाजिक कामलाई निरन्तरता दिने जनाए । नगरपालिकाका अनुसार २०८१ को एसईईमा पालिकाबाट १ सय ९४ जना छात्राले एसईई उत्तीर्ण गरेका थिए । तीमध्ये आवश्यकता पहिचान गरेर १ सय १ जनालाई साइकल वितरण गरिएको अध्यक्ष अग्रवालले बताए ।

    लुम्बिनीमा आयोजित छात्रा विद्यार्थीलाई साइकल वितरण समारोहमा बोल्दै पूर्वअर्थ राज्यमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य भरतकुमार शाहले सरकारी विद्यालयका छात्रा विद्यार्थीहरुलाई प्रोत्साहन हुनेगरी मैत्री केन्द्रले साइकल वितरण गरेर विद्यार्थीलाई ऊर्जा प्रदान गरेको जनाए । उनले साइकल वितरणले नेपाल–भारतको मैत्री सम्बन्धलाई ताजा तुल्याएको जनाए ।

    विद्यार्थीहरुलाई हामी गाउँका, हामी फलाना जातका, सरकारी विद्यालयमा पढेका भनेर आफैंलाई निरुत्साहित नगर्न उनले आग्रह गरे । ‘संसारमा जसले मिहिनत गर्छ उहीँ अगाडि बढ्छ,’ उनले भने, ‘जात, धर्मले नभइ शिक्षा, इमान्दारीता र मिहिनतले मानिस ठूलो हुने भएकाले पढाइमा केन्द्रित हुनुस् ।’ ग्रामीण क्षेत्रका बालबालिकालाई अगाडि बढाउन साइकल वितरणसँगै छात्रवृत्तिका कार्यक्रम सञ्चालन गरिनुपर्ने शाहले जोड दिए।

    सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले साइकल वितरण गरेर मैत्री केन्द्रले छोरीहरुलाई पढ्न प्रेरित गरेको बताए। साइकल वितरण सानो मायाको चिनो जस्तो भए पनि यसले नेपाल–भारतबीचको सम्बन्ध सुधारमा भूमिका खेल्ने उनले जनाए। धेरैजसो दाताहरु सुविधा रहेकै क्षेत्रमा केन्द्रित हुने गरेको उल्लेख गर्दै जहाँ अभाव छ, त्यहीँ सहयोगका कार्यक्रम गर्न अनुरोध उनले गरे।

    सिद्वार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले अभिभावकको दायित्व छोरीको पखेटा काट्ने नभई उनीहरुका लागि गोरेटो कोर्ने भएकाले सोहीअनुसार भूमिका निर्वाह गर्न आग्रह गरिन्। शिक्षा नै छोरीहरुका लागि लक्ष्य प्राप्तिका गर्ने हतियार भएकाले पढाइमा केन्द्रित हुन उनको आग्रह छ। मैत्री केन्द्रको प्रोत्साहनले छात्राहरुमा हौसला मिलेको उनको भनाई छ।

    लुम्बिनी सांस्कृतिक नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले उत्कृष्ट नतिजासहित उत्तीर्ण छात्राका लागि साइकल वितरण गरिएकोमा केन्द्रलाई धन्यवाद दिइन्। उत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्रालाई पालिकाले पनि पुरस्कार र प्रोत्साहनका कार्यक्रम गरिरहेका जनाउँदै आउँदा दिन पालिकासँग हातेमालो गर्न केन्द्रलाई आग्रह गरिन्। जीवनमा सफलता प्राप्त गर्न उच्च शिक्षा जरुरी रहेकाले त्यसका लागि साइकल वितरणले प्रेरणा प्रदान गरेको ज्ञवालीको भनाई छ ।

    कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, नेपाल–भारत भूतपूर्व गोर्खा सैनिक परिवारका अध्यक्ष रेशम केसी, मैत्री केन्द्रका उपाध्यक्ष उमापति न्यौपाने, मैत्री केन्द्रका सचिव प्रशान्तविक्रम मल्लले छात्राहरुको शिक्षालाई यस्ता सहयोगले थप प्रेरित गर्ने जनाए। उनीहरुले मैत्री केन्द्रले मैत्रीभाव राखेर विद्यार्थीहरुलाई साइकल उपहार दिएको जनाउँदै आउँदा दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने जनाए।

    कार्यक्रममा साइकल उपहार पाएका छात्रा विद्यार्थी, उनीहरुका परिवार, जनप्रतिनिधि, स्थानीय अगुवाहरुले यस्ता प्रोत्साहनका कार्यक्रमले छात्राहरुलाईलाई उच्च शिक्षा हासिल गर्न र व्यक्तित्व बिकासमा सकारात्मक सहयोग पुर्याउने जनाए। उनीहरुले मैत्री केन्द्रले सह्रानीय कार्य गरेको भन्दै सहयोग र सहकार्यलाई निरन्तर गर्न आग्रह गरेका थिए।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    नेपाल–भारत मैत्री केन्द्र लुम्बिनी साइकल वितरण
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    २०८३ कार्तिक २०, बिहीबार ११:४१ गते

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    २०८३ कार्तिक १९, बुधबार १२:४७ गते

    रोटरी क्लबले मर्चवारमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    २०८३ कार्तिक १८, मंगलवार २१:४० गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.