
बर्दिया, ९ भदौ। नेपालबाट अवैध रुपमा भारत लैजान थालिएको विद्युतीय (ई-सिगरेट) बरामद गरिएको छ । सशस्त्र प्रहरीले भारततर्फ लैजान थालिएको अवस्थामा बर्दिया जिल्लाको मधुवन नगरपालिका–५ फुलराम चोकबाट ४८ लाख बढी मूल्य बराबरको विद्युतीय भेप बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल बीओपी शक्तिपुरबाट सई कमल बहादुर नेपालीको कमाण्डमा खटिएको सुरक्षा टोलीले दुई वटा साईकलमा भारततर्फ लैजाँदै गरेको ८ वटा कार्टुनमा रहेको १ हजार ९ सय २० वटा विद्युतीय भेप बरामद गरेको गरेको सशस्त्र प्रहरीले जनाएको छ।
Advertisement

Advertisement
Advertisement

सशस्त्र प्रहरीका अनुसार भेप लैजान थालेका व्यक्तिहरु प्रहरीलाई देखेर फरार भएका छन्।

