
हृदयराम गुप्ता
मर्चवार,९ भदौ। नेपाली सेनाले मर्चवारका विद्यार्थीहरुलाई राष्ट्रिय सेवा दल (एनसीसी) तालिम प्रदान गर्न सुरु गरेको छ । रुपन्देही कोटहीमाई गाँपालिका-६ स्थित श्री बोगडी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई तालिम प्रदान गर्न सुरु गरिएको हो। विद्यालय स्तरीय उक्त तालिम एक सय दिनको हुनेछ ।
Advertisement

Advertisement
Advertisement

विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत १५ जना छात्र र १५ जना छात्राहरु सिनियर डिभिजनको तालिममा सहभागी भएको बोगडी माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गा दत्त त्रिपाठीले बताए।
उनका अनुसार एक सय दिनको एनसिसी तालिम अन्तर्गत ७९ दिन विद्यालयमा र बाँकी २१ दिनको पूर्वी नवलपरसाीको कावासोतीमा तालिम दिइनेछ ।
तालिममा विद्यार्थीलाई राष्ट्रप्रेम, नेतृत्व विकास, अनुशासन, जवाफदेहिता, इमान्दारिता र बफादारीताबारे प्रशिक्षित गरिने तारा दल गण रामनगर ब्यारेक बुटवलका सेनानी रोसन बस्नेतले बताए।
‘यसका अलावा सैन्यलगायत मानवीय, ठुलाबडालाई आदर सम्मान र सामाजिक सेवाका बारेमा विद्यार्थीलाई तालिम दिइनेछ’,उनले भने। उनका अनुसार विपद् व्यवस्थापन, सरसफाई तथा वातावरणलगायतका विषयमा समेत जानकारी गराइनेछ।
तालिम पश्चात विद्यार्थीमा अनुशासन, बफादारिता तथा इमानदारिता, राष्ट्रिय एकताको भावना, नेतृत्व क्षमताको विकासका लागि थप सहज हुने अपेक्षा लिइएको उनले सुनाए ।
नेपाली सेनाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले वि.सं. २०२२ सालदेखि सुरु भएको उक्त तालिमा सिनियर डिभिजन तर्फ १३ हजार ९ सय २३ जना, जुनियर डिभिजन तर्फ ६८ हजार ४९ जना छात्रछात्रा तालिम लिएका उनले जनाए।
तालिम पछि नेपाल सरकारमार्फत सेनाले सात मित्रराष्ट्रसँग युवा विद्यार्थीको अनुभव आदानप्रदान कार्यक्रम सञ्चालन समेत गर्ने बस्नेतले बताए।
तालिम शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय मिश्रले तालिमपछि विद्यार्थीहरुलाई एक असल नेपाली नागरिकको अनुभुति गराउने बताए । तालिमले शारीरिक विकास, मानसिक विकास र समाजिक जिम्मेवारीको विकास हुने बताए।
बोगडी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक राजेन्द्र यादवले एनसीसीको तालिम पाउने सबै विद्यार्थीहरुले भाग्यसाली रहेको बताए। तालिमले असल नागरिकको मानसिक विकास, शारीरिक विकास संगै देश रक्षकको भावनाको विकास हुने बताए।

