


काठमाडौं,११ भदौ। बन्दीपुर केवलकार एन्ड टुरिजम लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बुधवार (आज) देखि बिक्री खुला गरेको छ ।
यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँट गरेपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ४३ लाख ४१ हजार ८० कित्ता शेयर निष्काशन गर्न लागेको छ । जसको कुल मूल्य ४३ करोड ४१ लाख ८ हजार रुपैयाँ बराबर हुनेछ।
आईपीओमा आजदेखि भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई ‘आस्बा’ सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सि-आस्बा प्रणाली मार्फत वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित ‘मेरो शेयर’ अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन्।

