

काठमाडौं,११ भदौ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीप्रति जनताको भरोसा बढ्दै गएको बताएका छन्।
कर्णाली प्रदेशको भएको पूर्ण बैठकलाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै उनले स्थानीय तह, स्वतन्त्र विद्यार्थी युनियन, नेपाल पर्वतारोहण संघलगायत संस्थाको निर्वाचनमा पार्टी निकट उम्मेदवारहरुको विजयलाई जनविश्वासको प्रतीकका रुपमा चित्रण गर्दै उनले जनताको भरोस बढ्दै गएको बताएका हुन्।
Advertisement

Advertisement
Advertisement
पार्टीभित्र द्वन्द्व सृजना हुन नदिने, गुटबन्दी, अराजकता र अनुशासनहीनताको अन्त्य गर्दै पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने संकल्प स्थायी समितिले गरिसकेको भन्दै पार्टीमा गुटबन्दी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
शिक्षा विधेयकलगायत विभिन्न राष्ट्रिय मुद्दामा माओवादी केन्द्रले लिएको अडानले जनस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको उनको भनाई छ।





