


काठमाडौं,१२ भदौ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी बालनरसिंह राणा प्रहरी हेडक्वार्टर तानिएका छन् ।
गत साउन २३ गते राति जिल्ला कारागार कैलालीमा कैदीबन्दीबीच झडप हुँदा एक कैदीको मृत्यु भएको थियो। घटना पश्चात गृहमन्त्रालयले सुरक्षा समन्वयमा कमजोरी देखिएको भन्दै सीडीओ गोगनबहादुर हमाललाई साउन २८ गते नै केन्द्रमा तानेको थियो ।

त्यसपश्चात बुधवार काज सरुवा गरेर एसपी राणालाई पनि प्रहरी हेडक्वार्टरमा तानिएको हो । एसपी राणालाई तानेर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत एसपी नरेन्द्र चन्दलाई कैलालीको जिम्मेवारी दिइएको बुझिएको छ।

