


काठमाडौं,१२ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको अध्यक्ष बनाउन नसकिने बताएका छन्।
काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुसँगको अनौपचारिक छलफलकामा उनले राष्ट्रपति भइसकेको व्यक्तिको सम्मानका लागि पनि फर्किएर आएर उम्मेदवार बन्ने र बनाउने गल्ती गर्न नहुने बताए। उनले महाधिवेशनमा निर्वाचित हुँदा धेरै राम्रो भएपनि निर्वाचित हुने आधार नरहेको तर्क गरे।

प्रधानमन्त्री ओलीले संघर्षको मैदानमा सबैको आँखामा हाल्दा नबिझाउने लालगेडी भएर आन्दोलन नचल्ने टिप्पणी गरे।

