


काभ्रे,१२ भदौ। काभ्रेमा नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन्।
जिल्लाको भुम्लु गाउपालिका-८ स्थितबाट सोही पालिकाका २३ वर्षीय महेश दर्जी सुनकोशी नदीमा बेपत्ता भएको सशस्त्र प्रहरी बल, नेपाल १५ नम्बर गण हेडक्वाटर काभ्रेका एसपी माधव रेग्मीले जानकारी दिए।

बेपत्ता युवकको सशस्त्र प्रहरी र नेपाल प्रहरीद्वारा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुस्

