
भैरहवा, १३ भदौ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले आइतबार (भदौ १५ गते) स्थानीय बिदा दिएको छ।
थारु सामुदायको बड्की आईतबार पर्वको अवसरमा विदा दिइएको नगरपालिकाको कार्यालयले जनाएको छ । भदौ १३ गतेको नगर कार्यपालिकाको निर्णय अनुसार पालिका मातहतका वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु, सामुदायिक तथा संस्थागत विद्यालयहरुमा स्थानीय विदा दिइएको पालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।
Advertisement

Advertisement
Advertisement

(विदा) निर्णयलाई पालिकामा रहेका संस्थागत विद्यालयहरुले विगत देखि नै अटेर गर्दै आएपनि स्थानीय सरकारले कारवाही गर्न सकेको छैन् । लुम्बिनी प्रदेश सरकारले बड्की आईतबार पर्व नभएको दिन गत आईतबार नै सार्वजनिक विदा दिएको थियो ।

