


काठमाडौं,१३ भदौ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी चैत ६ र ७ गते पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष महन्थ ठाकुर र शीर्ष नेतासहितको भदौ ८ र ९ गते बसेको बिस्तारित बैठकले अगामी चैतमा महाधिवेशन गर्ने निर्णय गरेको हो । २०७८ भदौमा गठन भएको लोसपाले यस वर्षभित्र महाधिवेशन गर्नुपर्दछ ।

लोसपा बैठकले तराई–मधेशका जिल्लामा खडेरीले प्रभावित गरेको हुँदा किसानलाई क्षतिपूर्तिको प्याकेज घोषणा गर्न संघीय तथा प्रादेशिक सरकार माग गरेको छ। तराई–मधेशका जिल्लाहरुको पानीको सतह दिन–प्रतिदिन तल जाँदै गरेको उल्लेख गर्दै दीर्घकालीन चुरे संरक्षणलाई तीन तहकै सरकारले प्राथमिकतामा राख्न ध्यानाकर्षण गराइएको छ ।
तराई-मधेशका जिल्लामा लुटपाट, चोरी–डकैती र हत्याको घटनाहरु दिन–प्रतिदिन बढ्दै गएको सूरक्षा प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गरिएको छ।

