


भैरहवा, १७ भदौ । रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय सदस्य धनीराम चौधरीलाई चुनावी मैदानमा उतार्ने भएको छ।
पार्टीको केन्द्रीय सचिवालय बैठकले चौधरीलाई प्रतिनिधिसभा सदस्य उम्मेदवारको रुपमा चुनावी मैदानमा उतार्ने निर्णय गरेको गरेको पार्टीका राष्ट्रिय सचिव भूपेन्द्र यादवले बताए ।

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य एवं पूर्व जिल्ला इन्चार्ज रहेका चौधरी केही दिन अघि नाउपा छाडेर जनमत पार्टीमा प्रवेश गरेका थिए ।उनलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले पार्टी प्रवेश गराएका थिए। पार्टी प्रवेशसँगै जनमतले चौधरीलाई उम्मेदवार बनाएको हो।
सियारी गाउँपालिका–२ भगदरीका चौधरीको थारु सामुदायमा राम्रो पकड रहेको बताइन्छ । यस अघि ०७९ को निर्वाचनमा उनी नागरिक उन्मुक्ति पार्टीबाट रुपन्देही–१ म प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रुपमा होमिदा १३ हजार ९ सय ६२ मत प्राप्त गरी चौथो स्थानमा रहेका थिए ।

