


काठमाडौं,१८ भदौ। नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलले पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
बुधवार जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा प्रधानसेनापतिले सहायक रथीबाट उपरथी दर्जामा पदोन्नति भएका भोला नाथ थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। भदौ ९ गते पदोन्नति भएका थापा निरीक्षणाधिकृतमा नियुक्त भएका छन्।

त्यस्तै, प्राविधिक महासेनानी विश्व बन्धु पहाडीलाई पनि सहायक रथी दर्जामा पदोन्नति भएको अवसरमा प्रधानसेनापतिले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
कमेन्ट गर्नुस्

