


काभ्रे, १८ भदौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपैयाँसहित एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
बुधवार मालपोत कार्यालय काभ्रेमा छापा मारेर नगद दुई लाख रुपैयाँसहित मुद्दा फाँटका कर्मचारी नासु ज्ञानेन्द्र भण्डारीलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार कार्यालयको टोली मालपोत कार्यालयमा गएको तर थप जानकारी केही समयपछि मात्र आउने छ ।
भण्डारीबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
कमेन्ट गर्नुस्

