


भैरहवा, १८ भदौ। रुपन्देही–३ मा हुने लागेको उपनिर्वाचनका लागि न्याय परिषद्ले मुख्य निर्वाचन अधिकृतका लागि जिल्ला न्यायाधीशलाई अशोक कुमार बस्नेतलाई तोक्न सरकारलाई परामर्श दिएको छ।
न्याय परिषद् बैठकले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि बस्नेतलाई मुख्य निर्वाचन अधिकृत तोक्न परामर्श दिने निर्णय गरेको हो।

त्यस्तै मनाङका लागि मनाङ जिल्ला अदालतका न्यायाधीश लालकाजी श्रेष्ठको नाम सिफारिस भएको छ।
रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधन र मनाङ–१ (२) मा प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे) ज्यान मुद्दामा दोषी ठहर भएपश्चात निर्वाचन आयोगले रिक्त पदमा अगामी कार्तिक १७ गते उपनिर्वाचनको तयारी गरेको हो।

