
काठमाडौं,१९ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै रकम असुली गर्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका–९ का २७ वर्षीय लक्ष्मण पनेरु र झापाको हरिनगर गाउँपालिका–७ का ५४ वर्षीय विनोद साह रहेका छन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

प्रहरीका अनुसार पक्राउ परेकाहरुले काठमाडौं टोखा नगरपालिका–८ का एक व्यक्तिलाई ‘तपाईंसहित तपाईँको परिवारको नागरिकता नक्कली हो, अख्तियारले अनुसन्धान गरिरहेको छ’ भन्दै टेलिफोनमार्फत डर देखाएर रकम माग गरेका थिए । एक करोड रुपैयाँ दिए फाइल बन्द हुने नभए पक्राउ गरेर जेल पठाइने धम्कीपछि पीडितले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका थिए ।
पक्राउ परेकासँग दुई लाख रुपैयाँ, ४ थान मोबाइल र एउटा कार बरामद गरी घटनाका सम्बन्धमा आवश्यक अनुसन्धानका लागि लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।

