Close Menu
    What's Hot

    चाडपर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न सिद्धार्थनगरको आग्रह

    २०८३ कार्तिक १७, सोमबार १४:०७ गते

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    २०८३ कार्तिक २०, बिहीबार ११:४१ गते

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    २०८३ कार्तिक १९, बुधबार १६:४२ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    अर्थ

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक २०, बिहीबार ११:४१ गते0
    विशेष

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १६:४२ गते0
    अर्थ

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १२:४७ गते0
    अर्थ

    राष्ट्र बैंकले भोलिदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार ११:४७ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » नसर्ने रोगको संक्रमण फैलनु चिन्ताजनक : लुम्बिनी स्वास्थ्य मन्त्री
    मेन स्टोरी

    नसर्ने रोगको संक्रमण फैलनु चिन्ताजनक : लुम्बिनी स्वास्थ्य मन्त्री

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ भाद्र २०, शुक्रबार १४:०४ गते
    advertisement
    advertisement
    advertisement

    दाङ,२० भदौ। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले नसर्ने तथा दीर्घ रोगीको संख्या थपिँदै गएको विषय चिन्ताजनक भएको बताएका छन्।

    लुम्बिनी प्रदेश सरकार प्रदेश निजामती सेवा दिवस मूल समारोह समिति–२०८२ ले प्रदेश निजामती सेवा दिवसको अवसरमा शुक्रबार राप्ती उपत्यका (देउखुरी) मा आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले क्यान्सर, मुटु तथा मृगौला रोगको संख्या अत्यधिक बढ्दै गएको उल्लेख गरे। साथै, ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने मूल मान्यतालाई सबैले अंगाल्नुपर्नेमा उनले जोड दिए।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    प्रदेश सरकारले मृगौला प्रत्यारोपण, मुटुको भल्भ फेर्न र क्यान्सर उपचारका लागि दुई लाख रुपैयाँ उपचार सहयोग गर्दै आएको जानकारी दिँदै मन्त्री सारुले हाल प्रदेशमा उपचार सहयोगका कारण ठूलो आर्थिक भार परेको बताए ।

    ‘प्रदेश सरकारले नसर्ने रोगको उपचारमा अनुदान सहयोग गर्दै आएको छ। यसबाट ठूलो आर्थिक भार प्रदेश सरकारले व्यहोर्नु परेको छ’, उनले भने, ‘२०७९/८० मा २ सय २४ जनालाई ९ करोड १८ लाख रुपैयाँ उपचारमा सहयोग गरिएको थियो भने ८१/८२ मा आइपुग्दा ३ हजार ८ सय ५१ जनालाई सहयोग गर्नुपर्यो । १९ करोड उपचार सहयोगमा खर्च भएको छ ।’

    स्वास्थ्य मन्त्री सारुले सबैले आफ्नै स्वास्थ्यप्रति सचेत रहनुपर्नेमा जोड दिए । ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ को दायित्वलाई आत्मसात गर्न जरुरी छ । खानपान, आहार–विहारमा विशेष ध्यान दिन जरुरी छ। खासगरी धेरै हामी नेपालीहरु मानसिक तनावमा छौं’,उनले भने, ‘ब्लड प्रेसर, सुगर, क्यान्सरजस्ता रोगहरू भयावह रूपमा अगाडि बढिरहेका छन् । तीन वर्षको तथ्यांक हेर्दा पनि यी रोग तीन सय प्रतिशतले बढेका देखिन्छन्।’

    प्रमुख सचिव बावुराम अधिकारीको अध्यक्षता तथा स्वास्थ्य मन्त्री सारुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेशका सचिव कविन्द्र नेपाल, लिलाधर सुवेदी, मोतिराम सापकोटा, स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सचिव नारद गौतमलगायतको उपस्थिति थियो। कार्यक्रममा प्रदेश सरकारका सचिव, मुख्यमन्त्री सचिवालय, विभिन्न मन्त्रालयका कर्मचारी तथा सुरक्षाकर्मीहरूले रक्तदान गरेका थिए ।

    नेपाल रेडक्रस सोसाइटी दाङको प्राविधिक सहयोग र स्वास्थ्य मन्त्रालयको समन्वयमा रक्तदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको थियो।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    खेमबहादुर सारु नसर्ने रोग संक्रमण
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    २०८३ कार्तिक २०, बिहीबार ११:४१ गते

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    २०८३ कार्तिक १९, बुधबार १२:४७ गते

    रोटरी क्लबले मर्चवारमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    २०८३ कार्तिक १८, मंगलवार २१:४० गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.