
मनाङ,२० भदौ। मनाङमा हुने उपनिर्वाचनका लागि प्रमुख जिल्ला अधिकारी (सीडीओ) नवराज पौड्यालले सुरक्षा तयारी र शान्ति सुरक्षामा विशेष ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन्। उनले जिल्ला प्रहरी कार्यालय र चामेस्थित सशस्त्र प्रहरी बल नेपाल नं ३२ गुल्मको निरीक्षण गर्दै उपनिर्वाचनमा सुरक्षमा ध्यान दिन निर्देशन दिएका हुन्।
मनाङ–१ प्रदेशसभा निर्वाचन क्षेत्र (२) मा अगामी कार्तिक १७ गते उपनिर्वाचन हुँदैछ । निरीक्षण गर्दै उनले सफलतापूर्वक उपनिर्वाचन सम्पन्न गर्नका लागि दत्तचित्त भएर लाग्न आग्रह गरे। उनले निर्वाचनमा शान्ति कायम गर्न र मतदाताको मनोबल उच्च राख्नका लागि निरन्तर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

मनाङका प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेल र सशस्त्र प्रहरी नायब उपरीक्षक ध्रुव रेग्मीले जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण र निर्वाचन सुरक्षा योजनाबारे सीडीओलाई बिफ्र गरेका थिए।
सीडीओ पौड्यालले निर्वाचन सुरक्षाका साथै अपराध नियन्त्रण, विपद् व्यवस्थापन, आत्महत्या तथा लागूऔषध न्यूनीकरण, पर्यटक सुरक्षा र विकास निर्माण सहजीकरणमा पनि विशेष जोड दिनुपर्ने बताए। उनले प्रहरी र सशस्त्र प्रहरी दुवैको काम अनुशासित, व्यावसायिक र व्यवस्थित रहेको भन्दै प्रशंसा समेत गरे।

