


काठमाडौं,२२ भदौ। नेपाली र चिनियाँ सेनाबीच आईतबारदेखि संयुक्त सैन्य अभ्यास सुरु हुँदैछ। दुवै देशको सेनाबीचको संयुक्त अभ्यास यो पाँचौ संस्करण हो।
दश दिनसम्म काठमाडौंमा हुने अभ्यासलाई ‘सगरमाथा मित्रता अभ्यास’ नाम दिईएको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले बताए।

उनका अनुसार सैन्य अभ्यासको क्रममा विपद व्यवस्थापन, मानवीय सहायता लगायत विषयमा ज्ञानको आदानप्रदान हुनेछ।
नेपाली सेनाले भारत, अमेरिका लगायतका देशहरुसँग पनि संयुक्त सैन्य अभ्यास गर्दै आएको छ ।
कमेन्ट गर्नुस्

