
काठमाडौं, २३ भदौ । जवानीमा अपराध गरेर फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले ४५ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं बस्ने ७० वर्षीय जीवनाथ तिमल्सिना रहेको प्रहरीले जनाएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का अनुसार पक्राउ परेका तिमल्सिना २०३७ कात्तिक ७ गते सिन्धुपाल्चोकको साबिक माङ्खा गाविस–७ का जीतबहादुर तामाङको आँखामा खुर्सानीको धुलो छर्केर कुटपिट एवम् खुकुरी प्रहार गरी हत्या गरेर फरार भएका थिए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

तामाङको हत्यामा संलग्न तिमल्सिनालाई काठमाडौं महानगरपालिका–१३ ताहचलबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक युवराज खड्काले बताए।
अदालतले २० वर्ष कैद सुनाएका तिमल्सिनालाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएकामा अदालतको आदेश अनुसार कैद भुक्तानका लागि डिल्लीबजार कारागार चलान गरेको ब्यूरोले जनाएको छ।

