
काठमाडौं,२४ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।
पछिल्लो समय मुलुकमा विकसित घटनाक्रमलाई मध्यनजर गर्दै उनले राजीनामा दिएका हुन् ।



उनले राजीनामा पत्रमा लेखेका छन्, ‘मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु ।’
प्रधानमन्त्रीको राजीनामा राष्ट्रपतिसमक्ष पुगिसकेको बताइएको छ ।

कमेन्ट गर्नुस्