
भैरहवा,२७ भदौ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले जिल्लाका व्यवसायीहरुलाई ढुक्क भएर व्यापार व्यवसाय सञ्चालन गर्न आह्वान गरेका छन्।
शुक्रवार बिहान भैरहवामा निकालिएको शान्ति सद्भाव र्यालीलाई सम्बोधन गर्दै उनले मर्यादित र सुरक्षित ढङ्गले व्यवसायलाई अगाडि बढाउन आग्रह गरे।



प्रदर्शनको क्रममा आगजनी, लुटपाट र तोडफोडका घटनाहरुमा संलग्नहरुको भिडियो फुटेज र फोटो संकलन गरिएको बताउँदै अब क्रमशः पक्राउ गरेर कारवाही गरिने उनले बताए ।
उनले अब सडकमा आएर अराजक गतिविधि निम्त्याउनेलाई बल प्रयोग गरिने चेतावनी समेत दिए। शान्ति सुरक्षा कायम गर्न र व्यापारिक वातावरणलाई सहज बनाउन प्रशासन कटिबद्ध रहेको सन्देश उनले दिए। र्यालीले जिल्लामा शान्ति र सद्भाव कायम राख्न तथा व्यवसायीहरुलाई निर्धक्क भएर आ–आफ्नो पेशा सञ्चालन गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।