
काठमाडौं,२७ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जेनजीहरुको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको बताएका छन् ।
‘प्रिय जेनजी, तपाईंहरुको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ,’ मेयर बालेनले भनेका छन् ।



उनले जेनजीहरुको यो योगदान अमूल्य रहेको बताएका छन्।
‘तपाईंहरुको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ,’ उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘तपाईंहरुप्रति असिम सम्मान ।’ आन्दोलनमा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
कमेन्ट गर्नुस्