


बुटवल,२८ भदौ। रुपन्देहीको बुटवलस्थित भाटभटेनी सुपर मार्केटमा भएको लुटपाटमा संलग्न भएको ठहर गर्दै कालिका मानवज्ञान माध्यमिक विद्यालयका शिक्षक शिवशंकर शुक्लालाई विद्यालयले निष्कासन कारवाही गरेको छ ।
भदौ २४ गते जेनजीको प्रदर्शनका क्रममा बुटवलको सुख्खानगरस्थित भाटभटेनीमा भएको अनियमिततामा शुक्लाको संलग्नता देखिएको विद्यालयले जनाएको छ।

विद्यालयको आचरण संहिता तथा नियमविपरीत कार्य गरेको ठहरिएकाले शिक्षक शुक्लालाई आजकै मितिदेखि लागू हुने गरी विद्यालयबाट हटाइएको विद्यालयले शनिवार जारी गरेको सूचनमा उल्लेख छ।
कमेन्ट गर्नुस्

