


झापा,२ असोज। प्रहरीले टेलिफोनको अप्टिकल फाइबर तार चोरीको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत दार्जिलिङका २४ वर्षीय कार्तिक अधिकारी, सोही स्थानका ३४ वर्षीय राहुल अधिकारी, झापाको बुद्धशान्ति गाउँपालिका सितलवस्तीका २५ वर्षीय विजय राजवंशी, कचनकवल गाउँपालिका–३ डाँगीवारिका ४२ वर्षीय सञ्जय माझी र इलामको माई नगरपालिका–३ का २७ वर्षीय दिनेश परियार रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुको साथबाट ५ बोरा फाइबर तार बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको छ ।

