
भैरहवा,३ असोज। भैरहवामा नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ओमसतिया गाउँपालिका-५ का १५ वर्षिय श्यामु गुप्ता रहेको प्रहरीले जनाएको छ।
सिद्धार्थनगर नगरपालिका-९ गोनहियास्थित ड्याममा पौडी खेल्न पसेका गुप्ता बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सुरज कार्कीका अनुसार शुक्रवार नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजीको क्रममा उनी मृत अवस्थामा भेटिएका छन् ।
Advertisement

Advertisement
Advertisement

मृतक बालकको शव पोष्टमार्टमको लागि भैरहवाको भिम अस्पतालमा पठाएर घटनका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

