
पर्सा,३ असोज। बाराको अमलेखगञ्जमा एउटा नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ ।
पर्सा राष्ट्रिय निकुञ्ज, नेपाली सेनासहितको संयुक्त टोलीले ‘डार्ट’ हानेर उक्त नरभक्षी बाघलाई नियन्त्रणमा लिएको हो।
Advertisement

Advertisement
Advertisement

निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतका अनुसार अमलेखगञ्जस्थित सामुदायिक वनबाट नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको जानकारी दिए।
गत असारयता वन क्षेत्रमा चार जना मानिसको मुत्यु भएको थियो । उनका अनुसार बाघको आक्रमणबाट अमलेखगञ्ज आसपासका जनता त्रसित देखिएकाले बाघलाई नियन्त्रणमा लिइएको हो
उनले नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जको रेस्क्यू सेन्टरमा राखिएको बताए।

