
सिरहा,७ असोज । सिरहामा १५ वर्षीय बालकको अपहरण गरेर हत्या गरिएको छ । आइतबार बेपत्ता भएका जिल्लाको गोलबजार नगरपालिका १३ डंग्राहाका अभिषेक सिंहको शवको मंगलबार उनको घर क्षेत्रमा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार बेपत्ता भएका बालकको सामाजिक संजाल इमो आइडीबाट सोमबार उनकी आमाको इमो आइडीमा लिखित सन्देश मार्फत ५ करोड फिरौती माग गरिएको थियो।
Advertisement

Advertisement
Advertisement

घटनाका सम्बन्धमा ८ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको बताइएको छ ।
कमेन्ट गर्नुस्

