
भैरहवा,२१ असोज। रुपन्देही प्रहरीले ५० क्विन्टल खरबुजाको बिउसहित एक मिनि ट्रक नियन्त्रणमा लिएको छ।
वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले ओमसतिया गाउँपालिका वडा नं. ४ डण्डास्थित चेकजाँचका क्रममा बिउसहितको उक्त मिनि ट्रक नियन्त्रणमा लिएको हो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

बा.प्र.०३-००१ ख १६८४ नम्बरको मिनि ट्रक चेकजाँच गर्दा १२५ बोरा (५० क्विन्टल) खरबुजाको बिउ फेला पारेको थियो। बरामद खरबुजाको बिउ र मिनि ट्रकसहितको अनुमानित मूल्य २० लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
प्रहरीले सामानसहित मिनि ट्रकका चालक रुपन्देही मायादेवी गाउँपालिका-६ का २२ वर्षीय राजकुमार मल्लाहलाई समेत नियन्त्रणमा लिएको छ। आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बिउसहित मिनि ट्रक र चालकलाई राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

