


जनकपुरधाम,२३ असोज। किशोरीलाई बलात्कार तथा बल्याकमेल गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका-७ जिरोमाइलका २१ वर्षीय दीपक राउत रहेको प्रहरुीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक संजिव यादवका अनुसार पक्राउ परेका राउनले झापाको एक १७ वर्षीया किशोरीलाई फकाइ जनकपुर बोलाएर एक होटेलमा राखेर आफूसहित केही केटा लगाएर बलात्कार गराएको आरोप छ।

आरोपी राउतको मोबाइलमा अन्य युवतीसँग पनि कुराकानी गरेको, युवतीको अश्लील भिडियो राखेको र लागूऔषधको तस्वीरहरु राखेको पाइएको छ ।
पीडित युवतीलाई सेफ हाउसमा राखेर घटनाका सम्बन्धमा आवश्यक अनुसन्घान अघि बढाइएको प्रहरीले जनाएको छ।

