


भैरहवा,२३ असोज । जेनजी आन्दोलनको क्रममा कारागारमा भागेका एक जना कैदीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सुर्यपुराबाट खटिएको टोलीले आन्दोलनको क्रममा कारागार कार्यालय जगन्नाथदेवल काठमाण्डौंबाट फरार भएका रुपन्देही गैडहवा गाउँपालिका वडा नं. ६ का ६५ वर्षीय पुणतबासी लोनियालाई सोही वडाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटका अनुसार कर्तव्य ज्यान मुद्दामा कारागारमा कैदमा रहेका उनलाई पक्राउ गरेर कारागार कार्यालय भैरहवामा बुझाइएको छ ।

