


काठमाडौं,२३ असोज। नेकपा एमालेका नेता महेश बर्तौलाले वर्तामान गृहमन्त्री ओमप्रकाश अर्याललाई राज्यविरुद्धको अपराधमा तत्काल गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइनुपर्ने बताएका छन्।
मुलुकमा अराजकता, दण्डहिनता र जघन्य प्रकृतिका आपराधिक घटनाहरु ह्वात्तै बढेर गएको बताउँदै उनले गृहमन्त्रीलाई पदबाट बर्खास्त गरी राज्यविरुद्धको अपराधमा तत्काल गिरफ्तार अनुसन्धान प्रक्रिया अगाडि बढाइनुपर्ने बताएका हुन्।

‘सिंहदरवार, संसद भवन, सर्वोच्च अदालत , अख्तियार भवन र प्रहरी चौकीहरु लगायतमा आगो लगाएर ध्वस्त बनाउन नेपाल राष्ट्रका विरुद्ध परिचालित र निर्देशित मतियार पनि हुन यिनी’, बर्तौलाले सामाजिक सञ्जलामा लेखेका छन्, ‘त्यसैले सतहमा उद्घाटित यी सबै गम्भीर तथ्यहरुका आधारमा देशलाई भयानक क्षति र शोकमा डुबाउने योजनाकारका रुपमा रहेका अहिलेका गृहमन्त्रीलाई पदबाट बर्खास्त गरी राज्यविरुद्धको अपराधमा तत्काल गिरफ्तार गरी अनुसन्धान प्रकृया अगाडि बढाइनुपर्छ।’

