
काठमाडौं,२४ असोज। निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षार्थ भूपू सैनिक, प्रहरी संगठन र राष्ट्रिय युवा संघका कार्यकर्ता खटिने भएका छन्।
सुशिला कार्की नेतृत्वको सरकारले ओलीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुलाई फिर्ता बोलाएको थियो । जसपश्चात एमाले पोलिट ब्यूरो सदस्य महेश बस्नेतले अब ओलीको सुरक्षामा भूपू सुरक्षाकर्मी र युवा संघ खटिने जनाएका छन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

‘यो निर्णय नेतृत्वप्रतिको सम्मान मात्र होइन, राष्ट्रप्रतिको जिम्मेवारीको प्रतीक हो। जनताको विश्वासले उभ्याएको नेताको सुरक्षामा पनि जनता स्वयं उभिएका छन्’ उनले शुक्रवार सामाजिक संजाल फेसबुकमार्फत भनेका छन् ।

