Close Menu
    What's Hot

    चाडपर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न सिद्धार्थनगरको आग्रह

    २०८३ कार्तिक १७, सोमबार १४:०७ गते

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    २०८३ कार्तिक २०, बिहीबार ११:४१ गते

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    २०८३ कार्तिक १९, बुधबार १६:४२ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    अर्थ

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक २०, बिहीबार ११:४१ गते0
    विशेष

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १६:४२ गते0
    अर्थ

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १२:४७ गते0
    अर्थ

    राष्ट्र बैंकले भोलिदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार ११:४७ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » विपिनका परिवार भन्छन्–हामी अझै आशावादी छौँ
    मेन स्टोरी

    विपिनका परिवार भन्छन्–हामी अझै आशावादी छौँ

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ आश्विन २७, सोमबार १३:२५ गते
    advertisement
    advertisement
    advertisement

    महेन्द्रनगर,२७ असोज। हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशीको अवस्थाका विषयमा विपिनका परिवारजन र इजरायलस्थित नेपाली दूतावाससँग ‘भिडियो कन्फरेन्स’ भएको छ।

    उक्त भिडियो कन्फरेन्समा जोडिएका विपिनका परिवारका सदस्य किशोर जोशीले आज नियन्त्रण मुक्त हुन लागेका २० जना बन्धकमा विपिनको नाम नरहेको इजरायली सरकारका तर्फबाट इजरायली डिफेन्स फोर्स (आइडिएफ) ले जानकारी गराएको बताए।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    ‘आज छुट्ने लिष्टमा विपिनको नाम छैन, फेरि पनि हामी निरन्तर अपडेट गर्छौँ भनेर इजरायलबाट भनिएको छु’, उनले भने, ‘अहिले छुट्नेमा विपिनको नाम नरहे पनि हामी उहाँ छुट्नेमा पूर्ण आशावादी छौँ, अहिले नै उहाँ छैनन् भन्न मिल्दैन।’

    जोशीले इजरायली प्रतिनिधि, संयुक्त राज्य अमेरिकाबाट विपिनका आमा र बहिनी, इजरायलस्थित नेपाली राजदूत र आफूसहितको भिडियो कन्फरेन्स आज बिहान भएको बताए।

    विपिनको नाम जीवित बन्दको सूचीमा नरहेको समाचारहरु प्रकाशित भइरहेका बेला विपिनको परिवारजनले भने अर्को चरणमा छुट्नेमा आशा रहेको जनाएको छ। दुई वर्षको अवधिमा भएका युद्धविराम र बन्दी साटासाट क्रममा हमासले २०० भन्दा बढी बन्धक यसअघि नै छाडेको थियो।

    विपिनको सकुशल रिहाइका लागि उनको परिवार र नेपाल सरकार लामो समयदेखि प्रयासरत छन्। विपिनका आमा र बहिनी उनको खोजी कार्यमा पहलकदमी गरिदिन गुहार माग्न अमेरिका पुगेका छन् भने बुवा महानन्द जोशी महेन्द्रनगरमा छोरा विपिनको प्रतीक्षामा छन्।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    विपिन जोशी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    २०८३ कार्तिक २०, बिहीबार ११:४१ गते

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    २०८३ कार्तिक १९, बुधबार १२:४७ गते

    रोटरी क्लबले मर्चवारमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    २०८३ कार्तिक १८, मंगलवार २१:४० गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.